राजनीति

नेकपाको नियमावली टुंगो लगाउन कार्यदल गठन

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीको नियमावलीलाई अन्तिमरुप दिन कार्यदल बनाएको छ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रस्तावित नियमावलीलाई टुंग्याउन बामदेव गौतम, रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहेको तीन सदस्यीय कार्यदल बताएको हो। सचिवालय बैठकले कार्यदललाई तीन दिनको समय समेत दिएको छ।

पार्टी स्थायी समिति बैठकले प्रस्तावित नियमावलीलाई परिमार्जन सहित ल्याउन सुझाव दिएको थियो। कार्यदलले नियमावलीलाई अन्तिमरुप दिएर प्रकाशनमा पठाउने छ। नियमावलीलाई कार्यदलले सचिवालय बैठकमा पेश गर्ने र सचिवालयको अनुमोदपछि प्रकाशनमा जाने छ।

 

प्रकाशित: २३ असार २०७५ ०८:५३ शनिबार

नेकपाको नियमावली टुंगो लगाउन कार्यदल गठन