राजनीति

डा. केसीको जीवनरक्षा माग गर्दै संसद अवरुद्ध

फाइल तस्बिर

काठमाडौं- नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ। चिकत्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १५ औं पटक अनशन बसेका प्राडा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको हो।

कांग्रेसले डा. केसीको जीवन रक्षा गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरे पनि कार्य सूचीमा उक्त प्रस्ताव नपरेपछि प्रमुख सचेतक बालकृष्ण खाँडले स्वास्थ्य क्षेत्रको विषयमा छलफल हुन नसके संसद अघि बढ्न नसक्ने बताए। संसद बैठक आधा घण्टाको लागि स्थगित भएको छ।

प्रकाशित: २२ असार २०७५ ०८:२० शुक्रबार

डा. केसीको जीवनरक्षा माग गर्दै संसद अवरुद्ध