राजनीति

गंगामायाको माग सम्बोधन गर्न नेता साउदको माग

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले छोराका हत्यारालाई कारवाहीको माग गर्दै आमरण अनशनरत गंगामाया अधिकारीको माग सम्बोधन गर्न आग्रह गरेका छन्। बुधबार वीर अस्पतालमा अधिकारीसँग भेट गरी न्यायका लागि पहल गर्ने प्रतिबद्धता जनाए। 

नेता चन्द्र भण्डारीसहित पुगेका साउदले भने– ‘गंगामाया अधिकारी माओवादी द्वन्द्व सिर्जित राजनीतिक÷अराजनीतिक हिंसाको सबै भन्दा ठुलो सिकार हुनु हुन्छ। माओबादी हिंसाबाट छोरा गुमाउनु भएको छ भने राज्यबाट न्याय माग्दा पति गुमाउनु भएको छ। आफू पनि मानबता ,अहिंसा र सत्याग्रहको बाटोमा अनशनरत रहेर मृत्युको अन्तिम शैय्यामा हुनुहुन्छ। हामी मानबाधिकार, कानूनी शासन र दण्डहीनतामुक्त समाजको परिकल्पना गर्ने सबै दलहरु, नागरिक समाज र संविधान निर्माताहरुले यस्तो अबस्थामा मुकदर्शक बनेर बस्नु कत्तिको उचित होला? भबिष्यमा इतिहासले हामीलाई के भन्ला?’ 

प्रकाशित: २० असार २०७५ १५:१४ बुधबार

गंगामायाको माग सम्बोधन गर्न नेता साउदको माग