राजनीति

पूर्वराजा ज्ञानेन्द्र जब नेपालगन्ज ओर्लिए... (फोटो फिचर)

नेपालगन्ज– पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित आफ्नो जन्मदिन मनाउन नेपालगन्ज आइपुगेका छन्। यही असार २३ गते परेको उनको जन्मदिन मनाउन बाँकेमा भव्य तयारी गरिएको छ। बुधबार बेलुका पौने ६ बजेतिर श्रीएअरको विमानबाट पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमल, छोरी प्रेरणा, नाति, नातिनासहित नेपालगन्ज विमानस्थलमा ओर्लिएका थिए। 

सुरुमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर एवम् राप्रपाका महामन्त्री डा. धवलसम्शेर राणाले पूर्वराजा शाहलाई स्वागत गरे। उनलाई स्वागत गर्न राप्रपा र एकीकृत राप्रपाका नेता कार्यकर्ता, राजसंस्था समर्थकहरु विमानस्थलमा पुगेका थिए। विमानस्थलमा उपस्थित उनका शुभेच्छुकले भव्य स्वागत गरे। सो क्रममा उनीहरुले राजसंस्थाको पक्षमा नाराबाजी गरेका थिए। 

त्यसअघि पूर्वयुवराज्ञी हिमानी र उनका छोराछोरी छुट्टै उडानबाट नेपालगन्ज विमानस्थलमा ओर्लिएका थिए। पूर्वयुवराज पारस शाह पनि स्थलमार्गबाट पाल्पा, बुटवल हुँदै नेपालगन्ज आइसकेका छन्। पूर्वराजा शाहको परिवार नेपालगन्जको कारकाँदोस्थित होटल सोल्टीमा बास बसेका छन्।

पूर्वराजा ज्ञानेन्द्र जब नेपालगन्ज ओर्लिए... फोटो फिचर