राजनीति

राष्ट्रिय सभाको दोस्रो बैठक पनि स्थगित

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले विनियोजन विधेयक ‘२०७५’ का विभिन्न शीर्षकमाथिको छलफलमा सम्बन्धित मन्त्रालयका मन्त्रीको उपस्थितिको माग गरेपछि राष्ट्रियसभाको आजको दोस्रो बैठक पनि स्थगित भएको छ।

नेपाली काँग्रेसका सांसद बद्रिप्रसाद पाण्डेले विनियोजन विधेयक अन्तर्गत मन्त्रायका विभिन्न शीर्षक माथिको छलफलमा सम्बन्धित मन्त्रीको अनिवार्य उपस्थितिको माग राखेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरे।

राष्ट्रियसभामा सञ्चार तथा सूचना प्रविधि, स्वास्थ्य तथा जनसंख्या, कृषि, भूमि व्यवस्था तथा सहकारी, उद्योग वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकूद, संघीय मामिला तथा सामान्य प्रशासन, गृह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल हुने कार्यसूची छ। रासस
 

 

प्रकाशित: २० असार २०७५ ११:२९ बुधबार

राष्ट्रिय सभाको दोस्रो बैठक स्थगित