राजनीति

नेकपा सचिवालयको बैठक बस्दै

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) सचिवालयको तेस्रो बैठक बस्दैछ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा अहिले केही बेरमा प्रधानमन्त्री निवास बालुवाटारमा  बैठक शुरु हुने पार्टीका महासचिव विष्णु पौडेलले बताए। 

उनका अनुसार पार्टी स्थायी समितिको बिहीबार बस्ने बैठकको तयारीका लागि अहिले ९ बजे सचिवालय बैठक बस्न लागेको हो ।

आजको बैठकले पार्टी विधान र नियमावलीसहितको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्नेछ । नौ सदस्यीय नेकपा सचिवालयको उक्त बैठकमा मुलुकको समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रकाशित: २० असार २०७५ ०३:१३ बुधबार

नेकपा सचिवालयको बैठक बस्दै