राजनीति

प्रधानसेनापति भोलि चीन भ्रमणमा जाने

काठमाडौं– प्रधानसेनापति राजेन्द्र क्षत्री चीन भ्रमणमा जाने भएका छन्।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा क्षत्री मंगलबार बेइजिङ प्रस्थान गर्न लागेका हुन्। भ्रमणमा क्षत्रीले चीनका उच्च पदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्नेछन्।

प्रधानसेनापति क्षत्री चीनबाटै म्यान्मार समेत जाने र त्यहाँका उच्च पदस्थ अधिकारीसँग भेट गर्ने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ। भ्रमण सकेर क्षत्री असार २९ गते स्वदेश फर्किनेछन्। क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन्।

प्रकाशित: १८ असार २०७५ १५:११ सोमबार

प्रधानसेनापति भोलि चीन भ्रमणमा जाने