राजनीति

संसद बैठक आधा घण्टा स्थगित

फाइल तस्बिर

काठमाडौं- प्रतिपक्षको विरोधका कारण संसद बैठक आधा घण्टाका लागि स्थगित भएको छ। संसद नियमावलीको नियम भन्दा बाहिर रहेर सरकारले चिकित्सा शिक्षा विधेयक पेश गर्न लागेको भन्दै कांग्रेसले विरोध गरेपछि बैठक स्थगित गरिएको हो।

विधेयक पेशबारे प्रतिपक्षसँग छलफलको भइरहेको छ। सभामुख कृष्णबहादुर महराको कार्यकक्षमा दुई पक्षबीच छलफल भइरहेको छ।

प्रकाशित: १७ असार २०७५ ०७:२१ आइतबार

संसद बैठक आधा घण्टा स्थगित