राजनीति

आचार्यले देशलाई गाउँपालिका दिए : पौडेल

काठमाडौं – नेपाली कांग्ररेसका नेताहरूले संघीय संरचनालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। शनिबार कांग्रेस नेता सुदर्शन आचार्यको १३ औं पुण्यतिथिमा आयोजित कार्यक्रममा नेताहरूले संघीय संरचनाको प्रभावकारिताबारे जोड दिएका हुन्।

कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आचार्यले लोकतन्त्र र संघीय संरचना लागू गर्न पु¥याएको योगदानको चर्चा गरे। उनले आचार्यको अभियानमा आफू सधैं उभिने समेत प्रष्ट पारे। आचार्यले देशलाई गाउँपालिकाको अवधारणा दिएर ग्रामीण जनतालाई विकास र अधिकार दिएर बिदा भएको पौडेलको भनाइ थियो।

अर्का नेता प्रकाशमान सिंहले आचार्यले सुरु गरेको काठमाडौं क्षेत्र नम्बर ७ मा फुटबल रंगशाला निर्माणलगायत विकासमा आफ्नो प्रयास जारी रहने बताए। नेता सुदर्शन आचार्यको गत असार ४ गते मस्तिष्कघातबाट निधन भएको थियो। काठमाडौं गोलढुंगा साविक गाविसका पूर्व गाबिस अध्यक्ष आचार्य स्थानीय निकायका विज्ञ तथा गाउँपालिका अवधारणाकार रूपमा परिचित छन्। गोलढुंगा खेलकुद समाजका संस्थापक अध्यक्ष आचार्यले ‘गोलढुंगा खेलकुद् रंगाशाला’ निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए।

प्रकाशित: १७ असार २०७५ ०२:१६ आइतबार

आचार्यले देशलाई गाउँपालिका दिए पौडेल