राजनीति

पूर्व राजा आगामी साता नेपालगञ्ज जाने

पूर्व राजा ज्ञानेन्द्र शाह। फाइल तस्बिर

काठमाडौं– पूर्व राजा ज्ञानेन्द्र शाह आगामी साता मध्य पश्चिम क्षेत्रको भ्रमणमा जाने भएका छन्।

पूर्व राजाका स्वकीय सचिव फडिन्द्र पाठकले जारी गरेको सूचनामा यो निजी भ्रमण केही दिनको हुनेछ । पूर्व राजाले नेपालगञ्जलाई मुकाम बनाउनेछन्। पूर्व राजाका साथ पूर्व रानी पनि हुनेछिन्।

पूर्व राजाले आफ्नो जन्म दिन (असार २३ गते) यसपटक नेपालगञ्जमा मनाउने अनुमान गरिएको छ। पछिल्लो राजनीतिक माहोल र जनविचार बुझ्न भन्दै पूर्व राजा ज्ञानेन्द्रले पटक पटक मुलुकका विभिन्न स्थानको आवधिक भ्रमण गर्दै आएका छन्। स्वकिय सचिवले जारी गरेको सूचना यसप्रकार छ ।

प्रकाशित: १३ असार २०७५ ०६:१५ बुधबार

पूर्व राजा आगामी साता नेपालगञ्ज जाने