राजनीति

१२ सय ठाउँमा १२ मिनेट हर्न बजाएर मूल्यबृद्धि वृरुद्ध नेविसंघको प्रदर्शन

काठमाडौं – नेपाल विद्यार्थी संघले आज देश भरका १२ सय ठाउँमा एकैसाथ १२ मिनेट हर्न बजायर मूल्यबृद्धि वृरुद्ध आन्दोन गर्ने भएको छ।

नेविसंघले आफ्नो तेस्रो चरणको आन्दोलन अन्तर्गत १२ गते १२ बजे १२ सय ठाउँमा १२ मिनेट सवारी साधनको हर्न बजाएर सरकारको विरोध गर्न लागेको नेविसंघका अध्यक्ष नैनसिंह महरले बताए। वर्तमान सरकारले उपभोग्य सामानमा चर्को मूल्यबृद्धि गरेको भन्दै नेविसंघ आन्दोलनमा उत्रिएको छ।

यस अघि चक्का जाम, सडक बहस, आयल निगमका कार्यालय घेराउ , मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउने लगायतका काम गर्दा पनि मूल्यबृद्धि फिर्ता गर्न सरकारको ध्यान नगएको भन्दै यस्तो गर्नु परेको अध्यक्ष महरले बताए।

आफ्ना मागहरू सम्बोधन नगरिए अझै सशक्त रुपमा आन्दोलन अगाडि बढाउने नेविसंघका उपाध्यक्ष पुष्प कुमार शाहीले बताए।

प्रकाशित: १२ असार २०७५ ०४:३३ मंगलबार

१२ ठाउँमा १२ मिनेट हर्न बजाएर मूल्यबृद्धि वृरुद्ध नेविसंघको प्रदर्शन