राजनीति

प्रधानमन्त्रीले शीतलनिवास पुगेर भेटे राष्ट्रपति

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। 

चीनको ६ दिने भ्रमण सम्पन्न गरी स्वदेश फर्केलगत्तै आइतबार राष्ट्रपति भवन, शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेट गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जनाएका छन्। 

उनका अनुसार भेटमा ओलीले चीन भ्रमणमा भएका उपलब्धिका साथै समसामयिक विषयमा जानकारी गराएका थिए। भेटमा परराष्ट्र मन्त्रीलगायत उच्च पदस्थ पदाधिकारीको समेत उपस्थिति थियो।

प्रकाशित: १० असार २०७५ १६:०२ आइतबार

प्रधानमन्त्रीले शीतलनिवास पुगेर भेटे राष्ट्रपति