राजनीति

पारवहनको कामलाई परिपक्क ढंगले अगाडि बढाइने

काठमाडौं – चीनको ६ दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन्। 

प्रधानमन्त्री ओलीलाई आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक प्रधानमन्त्री र्इश्वर पोखरेलले स्वागत गरे।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अायाेजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा नेपाल र चीनबीच  १४ वटा महत्वपूर्ण सम्झौता, समझदारीपत्र (एमओयु) र लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको बताए। ओलीले चीन भ्रमण अत्यन्त सकारात्मक र उत्साहप्रद भएकाे जनाए।

‘नेपालको विकासका लागि चीनियाँ राष्ट्रपति सकारात्मक हुनुहुन्छ’, प्रधानमन्त्रीले भने, ‘पारवहन र यातायात सम्बन्धी कुरा अगाडि बढेको छ। परिपक्क ढंगले पारवहनको कामलाई अगाडि बढाइने छ।’ रेलवे नयाँ प्रयोग र नयाँ उपलब्धि भएको बताउँदै प्रधानमन्त्री ओलीले रेलमार्ग बन्न केही समय लागे पनि जुलाईभित्र ट्रान्जिट ट्रान्सपोर्ट सम्बन्धमा आवश्यक तयारी पुरा हुने जानकारी दिए।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीकाे चीन भ्रमणका क्रममा भएकाे उपलब्धि बुदागत रुपमा प्रस्तुत गरेका थिए।

प्रकाशित: १० असार २०७५ ०५:३१ आइतबार

पारवहनको कामलाई परिपक्क ढंगले अगाडि बढाइने