राजनीति

सुन तस्करी प्रकरण : व्यापारी प्रवीण अग्रवाल पक्राउ

काठमाडौं– साढें ३३ किलो सुन तस्करी प्रकरणमा व्यापारी सञ्जय खेतान बताउने व्यापारी प्रवीण अग्रवाल पक्राउ परेका छन्।

सुन तस्करीको अनुसन्धानका लागि गृह मन्त्रालयद्वारा गठित उच्चस्तरीय छानविन समितिले शनिबार व्यापारी अग्रवाललाई काठमाडौंबाट नियन्त्रणमा लिएको हो। अग्रवाल यसअघि पक्राउ परेका हुण्डी व्यापारी विमल पोद्दारका पार्टनर हुन्।

शनिबार विहान भारत जान लागेका अग्रवाललार्इ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएकाे हाे। समिति स्राेतका अनुसार अग्रवालले अवैध सुनमा लगानी समेत गर्ने र सुन खरिदकर्ता समेत खाेज्ने काम गर्थे।

समितिले यसअघि व्यापारी पोद्दारको अपार्टमेन्टमै छापा मारेर महत्वपूर्ण कागजात समेत नियन्त्रणमा लिएको थियो। 

प्रकाशित: ९ असार २०७५ ११:४० शनिबार

सुन तस्करी प्रकरण व्यापारी प्रवीण अग्रवाल पक्राउ