राजनीति

नेपाली र पाकिस्तानी सेना सहयोग विषयमा छलफल

काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारीसँग निवासमा पाकिस्तान सशस्त्र बलका स्टाफ कमिटी जनरल चेयरम्यान जोइन्ट चिफ जुविर मोहम्मद ह्यातले मंगलबार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन्।

राष्ट्रपतिको कार्यालयका अनुसार भेटमा नेपाली र पाकिस्तानी सेनाबीच आपसी सहयोग विस्तार गर्ने लगायत विषयमा छलफल भएको थियो। कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग पनि जनरल ह्यातले मंगलबारै सिंहदरबारमा शिष्टाचार भेट गरे।

त्यस्तै, प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग जंगी अड्डामा भेट गरे।

प्रकाशित: ५ असार २०७५ १५:५५ मंगलबार

नेपाली पाकिस्तानी सेना विषयमा छलफल