काठमाडौं- वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधनमा पूर्व प्रधानमन्त्री तथा उनका स्कुल तथा कलेज जीवनका सहपाठी डा. बाबुराम भट्टराईले दु:ख प्रकट गरेका छन्। फेसबुकमा लामो स्ट्याटस लेख्दै उनले डा. देवकोटाले स्कुल र कलेज जीवनका सम्झनाले आजीवन पछ्याइरहेन बताएका छन्। डा. देवकोटा नेपाल आमाका सुयोग्य सपूत भएको भन्दै उनले नेपाली इतिहासले लामो समयसम्म सम्झना गरिरहने बताएका छन्।
'भौतिक रूपमा अब तिमीसंग कहिल्यै भेट नभए पनि तिमीसंग एउटै कक्षामा अमरज्योति हाइस्कूल र अस्कलमा ८ बर्ष संगै विताएका दिनहरूको सम्झनाले आजीवन पछ्याइरहनेछन्।तिमीजस्ता मेधावी सहपाठीको सान्निध्यप्रति हामी सधैं गौरवान्वित रहिरहनेछौं!', स्ट्याटसमा उल्लेख छ।
'नेपाल आमाका सुयोग्य सपूत तिम्रो सम्झना नेपाली इतिहासले लामो समयसम्म गरिरहनेछ।हार्दिक श्रद्धांजली! परिवारजनमा गहिरो समवेदना!!' उनले भनेका छन्।
प्रकाशित: ४ असार २०७५ १४:५६ सोमबार