राजनीति

पृथ्वीनारायण शाहको २१ फिट अग्लो शालिक निर्माण सुरू

बैतडी– बैतडीमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २१ फिट अग्लो शालिक निर्माण कार्य अघि बढेको छ। 

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाद्वारा प्रदान गरिएको ७ रोपनी जग्गामा शाहको २१ फिटको शालिक, असहाय बालबालिका र बृद्धबृद्धाको शिक्षादिक्षा र संरक्षणका लागि मायाघर, नेपालको इतिहास झल्किने ऐतिहासिक संग्रहालय र एकता उद्यान निर्माण गर्न लागिएको राष्ट्रियता संरक्षण अभियानका अध्यक्ष हेमबाबु लेखकले जानकारी दिए।

उनका अनुसार गत फागुन ७ मा शिलान्यास भएको शालिक बन्न करिब १५ महिना लाग्ने र शालिक करिब ४ हजार किलो वजनको धातुको हुनेछ। शालिक मूर्तिकार सुदिप भूर्तेलले निर्माण गरिरहेका छन्।

प्रकाशित: ४ असार २०७५ ०९:५७ सोमबार

पृथ्वीनारायण शाहको २१ फिट अग्लो शालिक निर्माण