राजनीति

एकताको गृहकार्यमा राप्रपा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले पार्टी एकतका लागि गृहकार्य अघि बढाएका छन्। दुवै पार्टीले गठन गरेको वार्ता समितिले पार्टी अध्यक्षहरूसँगको छलफललाई अघि बढाएका हुन्। सत्ता राजनीतिका कारण पटक पटक विभाजित राप्रपालाई नयाँ परिस्थितिअनुसार एकीकृत गराएर लैजान भन्दै गठित वार्ता टोलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्षसँग छलफल गरेका छन्। वार्ता टोलीसँगको भेटमा अध्यक्ष पशुपतिशम्शेर जबराले राष्ट्रवादी शक्तिहरूबीच एकता आवश्यक रहेको बताएका छन्। राणाले पार्टी एकताका लागि आपूm सकारात्मक रहेको बताएका हुन्।

राणालाई भेट्न राप्रपा उपाध्यक्षसमेत रहेका वार्ता टोली संयोजक बृद्धिमान तामाङसहितका नेताहरुसँगको भेटमा उनले एकताप्रक्रियलाई निष्कर्षमा पु-याउने गरी पल थाल्न आग्रह गरेका छन्। ‘म एकता विरोधी होइन। प्रजातान्त्रिक र राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउनुपर्छ,’ राणालाई उद्धृत गर्दै तामाङले भने, ‘उहाँ एकताका लागि सकारात्मक हुनुहुन्छ।’

पार्टी एकताका लागि अनौपचारीक छलफल जारी रहेको बताउँदै तामाङले छिटै औपचारिकता पाउने दाबी गरे। अमेरिकामा रहेका राप्रपा (राष्ट्रवादी) अध्यक्ष प्रकाशचन्द्र लोहनी असार १० गते स्वदेश फर्केलगत्तै एकताका लागि छलफल तीव्र बनाउने तीनओटै पार्टीको तयारी छ। सत्ता राजनीतिका कारण पटकपटक विभाजन खेप्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीकबाट छुट्टीएर गठन भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बीच एकताका लागि दुई दलले छुट्टाछुट्टै कार्यदल गठन गरेका छन्।

प्रकाशित: ३ असार २०७५ ०१:३१ आइतबार

एकताको गृहकार्यमा राप्रपा