राजनीति

प्रतिनिधिसभाको बैठकमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ - प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफल आज पनि जारी छ।

विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय र अर्थ मन्त्रालयको बजेटमा सांसदले धारणा राख्दै छन्।आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक र विकास निर्माणबारे सरकारको ध्यानाकर्षण गराए।

सांसदहरु अतहर कमाल मुसलमान, अमनलाल मोदी, अमरेशकुमार सिंहलगायतले विकास निर्माणका काम, दैनिक उपभोग्य वस्तुको उपलब्धता, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, तराईलगायत क्षेत्रमा वर्षातको समयमा अपनाउनुपर्ने सतर्कता, सम्भावित जोखिम व्यवस्थापनलगायतका विषयमा धारणा राखे।

सांसद इन्दुकुमारी शर्माले बलात्कारजन्य अपराधका दोषीलाई कारवाही गरिनुपर्ने बताउनुभयो भने अर्की सांसद उमा रेग्मीले संविधानको पालना हुनुपर्नेमा जोड दिनुभयो । त्यस्तै, सांसद खगराज अधिकारीले सडकलगायत क्षेत्रको एकाधिकार ‘सिण्डिकेट’ तोडी जनताको पक्षमा काम गरिनुपर्ने धारणा राखे।
 

प्रकाशित: ३१ जेष्ठ २०७५ ०६:२५ बिहीबार

प्रतिनिधिसभाको बैठकमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण