काठमाडाैं- सर्लाहीका रोशन दास १७ वर्षका भए। रोशन दिनभरी काठमाडौको बसन्तपुर क्षेत्रमा बेलुन बेच्दै गरेका भेट्टिन्छन्। उनले आफ्नो पुर्ख्याैली पेशा सिन्दुर बेच्ने परम्परालाइ छोड्दै यो पेशा अपनाएको करीब साढे एक वर्ष भयो। कक्षा ७ मा अध्ययन गरिरहेका रोशन केहि समयमै बेलुन बेच्ने काम छोडी आफ्नो गृहजिल्ला फर्कने योजनामा छन्। उनी त्यहाँ रहेको आफ्नो एक नातेदारको अटोमोबाइल वर्कसपमा काम गर्ने सोचमा छन्। सर्लाहीको दोहबीचौर घर भएका उनी एक महिनामा १० देखि १५ हजार कमाउने बताउँछन्। भविष्यमा नेपाल आर्मी वा नेपाल प्रहरी बन्ने उनको सपना छ।
लालदास कटबनीया उमेरले १३ वर्षका भए। रोशनजस्तै दिनभरी बेलुन बेच्दै बस्ने लालदास समेत सर्लाहीकै हुन्। लालदासको पीडा भने रोशन भन्दा अलि भिन्न र दुःख लाग्दो छ। सानैमा आफ्नो बाबु गुमाएका उनी पारिवारिक बोझमा परे। बाबुको माया सानैमा गुमाएका रोशनले आमाको दुःख समेत हेर्दै बस्नु परेको छ। उनकी आमा मानसिक समस्यासँग जुधिरहेकी छिन्। दिनभरीको कामले मुस्किलले महिनामा १० देखि १५ हजार कमाउने लालदास समेत यो पेसा छोडेर गृहजिल्ला स्थित आफ्नै पुरानो ठाँउमा फर्कने सोचमा छन्। दास त्यहाँ गएर तरकारी खेती गर्ने र तरकारीकै पसल राख्ने सोचमा छन्।
यो अभियानले दिर्घकालिन विकास लक्ष्य (एसडिजी) मा उल्लेखित सन् २०३० सम्म सम्पूर्ण कामदारहरुलाई सुरक्षित कामको वातावरण उपलब्ध गराउने ८ दशमलव ८ को लक्ष्यलाई पुरा गर्ने र सन् २०२५ सम्ममा बालश्रम अन्त्यलाई ८ दशमलव ७ सम्म पुर्याउने लक्ष्यलाई समेत सहयोग पुर्याउने विश्वास लिइएको छ।
प्रकाशित: २९ जेष्ठ २०७५ १४:४१ मंगलबार