राजनीति

१० दिने ब्राजिल भ्रमण पूरा गरी नेता नेपाल र श्रेष्ठ स्वदेश फिर्ता

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ १० दिनको ब्राजिल भ्रमण पूरा गरी मंगलबार स्वदेश फिर्ता भएका छन्।

ब्राजिलको फ्लोरेस्टन फर्नाण्डेज नेशनल स्कूलको अध्ययन भ्रमणमा गएका नेता नेपालले त्यहाँ माक्र्सवाद र जनवादसम्बन्धी प्रवचन दिएका थिए।

त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री नेपालले नेपालमा वामपन्थीको एकताप्रति अन्तर्राष्ट्रिय समुदायले खुशी व्यक्त गरेको जानकारी दिए। ब्राजिलमा रहँदा उनीहरूले ब्राजिलियन वर्कस पार्टीका नेता तथा सो पार्टी सम्बद्ध बुद्धिजीवीसँग दुई पार्टीबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल गरेका थिए।   (रासस)

प्रकाशित: २९ जेष्ठ २०७५ ०७:५० मंगलबार

१० दिने ब्राजिल भ्रमण पूरा गरी नेता नेपाल श्रेष्ठ स्वदेश