राजनीति

नेपाल प्रहरीमा तीन र सशस्त्रमा दुई जना एआईजी रहने मन्त्रिपरिषद् निर्णय

काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा तीन जना एआईजी र सशस्त्र प्रहरीमा दुई जना एआइजीमात्र रहने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीका एआईजीको दरबन्दी कटौती गर्दै उक्त निर्णय गरेकाे सरकारका प्रवक्ता एवम् सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले जानकारी दिए।

संघीय प्रहरी ऐनको मस्यौदा तयार पार्ने क्रममा गृह मन्त्रालयले ५ एआईजी राख्ने प्रस्ताव गरेपनि सरकारले तीन जना मात्र राख्ने निर्णय गरेको हो। प्रदेशमा डीआईजी राखेर महानगरीय प्रहरी आयुक्तको कार्यालयमा एआईजी राख्नु उपयुक्त नहुने भन्दै तीन जना एआईजी राख्ने निर्णय गरिएको बताइएको छ।

यस्तै सशस्त्र प्रहरीमा पनि गृह मन्त्रालयले तीन जना एआईजी राख्ने प्रस्ताव गरेपनि मन्त्रिपरिषद् बैठकले दुई जना मात्रै राख्ने निर्णय गरेको हाे।

प्रकाशित: २७ जेष्ठ २०७५ ०७:३० आइतबार

नेपाल प्रहरीमा सशस्त्रमा दुई जना एआईजी रहने मन्त्रिपरिषद् निर्णय