राजनीति

विनियोजन विधेयकका शीर्षकमा छलफल सुरु

काठमाडौं – संघीय संसद्को प्रतिनिधिसभाको आइतबारको बैठक सुरु भएको छ।

बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत विभिन्न मन्त्रालयका विविध शीर्षकमा आजदेखि छलफल सुरु भएको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गतका विभिन्न शीर्षकमा छलफल भइरहेको छ।

उक्त मन्त्रालयअन्तर्गत विभिन्न राजनीतिक दलका छजना सांसदले खर्च कटौतीका प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम छ।

बैठक सुरु भएसँगै विशेष समय लिँदै सांसद खगराज अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अवरोध सिर्जना भएकोप्रति आपत्ति जनाए।

उनले जग्गाको मुआब्जा लिइसकेर १५ प्रतिशत काम सकिएको अवस्थामा निर्माण कार्य अवरोध गर्नेमाथि कारवाही गर्न आग्रह गरे। विशेष समय लिएर बोल्ने क्रम जारी छ। रासस

प्रकाशित: २७ जेष्ठ २०७५ ०६:०६ आइतबार

विनियोजन विधेयकका शीर्षकमा छलफल सुरु