राजनीति

राष्ट्रियसभा कार्यसञ्चालन नियमावली पारित हुँदै

काठमाडौं– आइतबार विहान ११ बजे बस्ने राष्ट्रियसभा बैठकले राष्ट्रियसभा कार्यसञ्चालन नियमावली पारित गर्ने भएको छ।नियमावलीको विषयमा शनिबार प्रमुख दलहरुबीच सहमति भइसकेकाले आजको बैठकले नियमावली पारित गर्ने स्रोतले बताएको छ।  नियमावली मस्यौदा बनेको लामो समयसम्म पनि दलहरुबिच कुरा नमिल्दा नियमावली पारित हुन सकेको थिएन।

राष्ट्रियसभा नियमावली मस्यौदा समितिले राष्ट्रियसभामा चारवटा विषयगत समिति रहने गरी प्रतिवेदन तयार पारेको थियो। समितिले दीगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समिति रहनेगरी प्रतिवेदन तयार पारेको थियो। समितिले तयार पारेको प्रतिवेदननै नियमावलीका रुपमा पारित हुने बताइएको छ।

प्रकाशित: २७ जेष्ठ २०७५ ०५:०२ आइतबार

राष्ट्रियसभा कार्यसञ्चालन नियमावली पारित हुँदै