राजनीति

इपिजीको अन्तिम बैठक काठमाडौंमा, १९५० को सन्धि के हुन्छ ?

फाइल तस्बिर

काठमाडौं– नेपाल भारत प्रबुद्ध समूह (इपिजी) को अन्तिम बैठक काठमाडौंमा हुने भएको छ। इपिजीको नेपाल तर्फका सदस्य राजन भट्टराईले इपिजीको अन्तिम बैठक यही जुन २९ र ३० मा काठमाडौंमा बस्ने जानकारी दिए।

मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले भने, ‘हाम्रो तर्फबाट हामीले सबै प्रतिवेदन टुँगो लगाएका छौं, अब भारतीय पक्षले छलफल गरिरहेको छ, मलाई लाग्छ यो बैठक नै अन्तिम बैठक हुनेछ, यदि भएन भने पनि दोस्रो अन्तिम बैठक हुन्छ, यही बैठकबाट हामी दुवै देशका प्रधानमन्त्रीलाई एउटै प्रतिवेदन बनाएर बुझाउँछौं।’

भट्टराईले १९५० को सन्धिमा पनि धेरै विषयहरु मिलिसकेको र पूनरावलोकन हुने दाबी गरे। उनले थपे, ‘अब अलिकति जोडकोण मिलाउनुपर्छ।’

प्रकाशित: २२ जेष्ठ २०७५ ११:२९ मंगलबार

इपिजीको अन्तिम बैठक काठमाडौंमा १९५० को सन्धि हुन्छ