राजनीति

अपमान गर्न पाइँदैन, ४ करोड चाहिदैन: सांसदलाई वडा सदस्यसँग राख्ने?

– गजेन्द्र बहादुर महत, सांसद/जुम्ला

सत्तारुढ दलका सांसद गजेन्द्र बहादुर महतले बिहीवार प्रतिनिधि सभामा बजेट माथिको छलफलमा भाग लिए। जुम्लाका यी माननीयले निकै भावनात्मक हुँदै बजेटबाट कर्णालीबासी हेपिएको भनाई राखे। महत तत्कालिन माओवादी केन्द्रबाट विजयी हुन्। उनको भनाईको सार यहाँ प्रस्तुत गरिएको छ।

समग्रमा बजेट स्वागतयोग्य नै छ । बजेट हल्लिन गाह्रो छ । तर बजेटले मलाई हल्लाइराखेको छ । मेरो जुम्लालाई हल्लाई राखेको छ । बजेट आकाशको फल आँखातरि मर वा लङ्कामा सुन छ कान मेरो बुचै भन्ने उखान जस्तै भएको छ । मेरो जुम्लाका लागि हर्ष न विस्मात भएको छ बजेट ।  

(अर्थमन्त्री ज्यू) चाहिने कुरा गर्नुस्,  चाँहिएको छैन त्यो ४ करोड । स्थानीय तहमा वडा सदस्य बसालेर हामीले विनियोजन गर्नुपर्ने रे! यो कंही मिल्ने कुरा हो ? कसले सहन्छ यस्तो कुरा ? यो कुरामा अर्थमन्त्रीले सोचुन। कोही मन्त्री हुँदैमा सांसदलाई अपमानित गर्न पाइँदैन्। नेताहरु जाने ठाउँमा जति विकास बजेट छ त्यही चाँहियो हामीलाई । त्यती हो । ४ करोडले हामी सांसद असाध्यै अपमानित भएका छौं ।

विकास निर्माणका हिसावले धेरै कुरा समेटेको छ, तर सहरको मात्रै कुरा छ । हुनत नेताहरु सहरमा बस्ने भएर होला वा घनावस्ती भएर होला सहरले धेरै बजेट पाएको ।

रोजगारको जिम्मा बैंकलाई लगाइएको छ । हिजोका सामान्त, मुखिया, सुतखोरहरुले बैंक खोलेर बसेका छन् । आफूलाई सुविधा हुँदा मात्र बैंकले रोजगारी दिएका छन् । तिनै बैंकलाई अहिले रोजगारीको जिम्मा लगाइएको छ ।

विमाको जिम्मा राष्ट्रिय विमा संस्थानलाई लगाइएको छ । विमाको कार्ड लिन मात्रै हामी कर्णालीका मान्छेलाई रु पचास हजार लाग्छ । वीर अस्पतालमा १० रुपैयाँमा उपचार कार्ड दिइन्छ । मेरो जिल्लाबाट त्यहाँ आउन मात्रै हजारौं लाग्छ ।

यो बजेट सांसद तह लगाउने खालको छ । कोही मन्त्री भएँ भन्दैमा हामीलाई बाँधेर राख्न पाइन्छ? हामीलाई तह लगाउन पाइन्छ? हामीलाई अपमानित गर्न पाइन्छ? हामीलाई वडाध्यक्षको ठाउँमा लगेर राख्न पाइन्छ? कोही मन्त्री हुँदैमा सांसदलाई अपमानित गर्न पाइदैन । जनताको भोट पाएर चुनिएका हौं । (अर्थमन्त्री ज्यू) चाहिने कुरा गर्नुस्,  चाँहिएको छैन त्यो ४ करोड । स्थानीय तहमा वडा सदस्य बसालेर हामीले विनियोजन गर्नुपर्ने रे! यो कंही मिल्ने कुरा हो ? कसले सहन्छ यस्तो कुरा ? यो कुरामा अर्थमन्त्रीले सोचुन। कोही मन्त्री हुँदैमा सांसदलाई अपमानित गर्न पाइँदैन्। नेताहरु जाने ठाउँमा जति विकास बजेट छ त्यही चाँहियो हामीलाई । त्यती हो । ४ करोडले हामी सांसद असाध्यै अपमानित भएका छौं। 

सारा सांसदलाई मुछेर मिडियाले भन्छ, सांसदहरु संसदमा बसेनन् । मिडियाले उचालेका मान्छेहरु (सांसदहरु)  यहाँ हुँदैनन्। उनीहरुको नाम हुँदैन। हामी सोझासाझा मान्छेहरु जो बाहिर गएर छैन यही बसिराख्या हुन्छ, सुनिराख्या हुन्छौं, म विहानदेखि बेलुकासम्म यही कुरेको छु, यही मलाई फोन आइराखेको छ तपाई हुनुहुन्न ।  यो बेइज्जत होइन, सभामुख महोदय ध्यानाकर्षण होस्। जो यी मिडियाहरुले पालेका सांसदहरु छन्, जो उचालेका सांसद छन्, नाम किटेर भन्नुपर्यो नी यो यो बसेन भनेर । फलानो सांसद उपस्थित छैन, फलानो सांसद एनजिओको कार्यक्रममा छ भन्नुपर्दैन्। अनी हामी सोझा साझा सांसदलाई बलीको बोको बनाउने यहाँ?

प्रकाशित: १७ जेष्ठ २०७५ ११:३७ बिहीबार

अपमान गर्न पाइँदैन करोड चाहिदैन सांसदलाई वडा सदस्यसँग राख्ने