राजनीति

सुवास नेम्वाङ बने नेकपा संसदीय दलको उपनेता

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको उपनेतामा पूर्वसभामुख सुवास नेम्वाङ चयन भएका छन्। 

संसदीय दलको बुधबारको बैठकले नेम्वाङलाई उपनेता, तत्कालिन माओवादी नेता देव गुरुङलाई प्रमुख सचेतक र सचेतकमा शान्ता चौधरीलाई चयन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुको नाम प्रस्ताव गरेका थिए। 

नेम्वाङ यसअघि तत्कालिन एमालेको संसंदीय दलको उपनेता र शान्ता सचेतक थिइन्। त्यसैगरी गुरुङ तत्कालिन माओवादी केन्द्रको प्रमुख सचेतक थिए। 

प्रकाशित: १६ जेष्ठ २०७५ १२:४१ बुधबार

सुवास नेम्वाङ बने नेकपा संसदीय दलको उपनेता