राजनीति

बजेट : कर्मचारीको भत्ता बढ्यो, तलब बढेन्

काठमाडौं– सरकारले राष्ट्रसेवक कर्मचारीको भत्ता बढाएको छ। अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटमा राष्ट्रसेवक कर्मचारीको मंहगी भत्ता बढाएर २ हजार रूपैयाँ पुर्याएको हो।

प्रस्तुत बजेटमा कर्मचारीको तलब भने बढाइएको छैन्। ‘राष्ट्रसेवक कर्मचारीको पारिश्रमिक पुनरावलोकनका लागि एक उच्चस्तरीय तलब अायाेग गठन गरिनेछ’, अर्थमन्त्री खतिवडाले भनेका छन्। कर्मचारीको विमा भने बढाएर २ लाख पुर्याइएको छ।

बजेटमा निजामति सेवा, स्वास्थ्य सेवा र सामुदायिक विद्यालयका शिक्षकहरुलाई प्रदान गरिँदै आएको पोशाक सुविधामा वृद्धि गरी १० हजार पुर्याइएको छ। 

प्रकाशित: १५ जेष्ठ २०७५ ११:२७ मंगलबार

बजेट कर्मचारीको भत्ता बढ्यो तलब बढेन्