राजनीति

ढुंगेल रिहाईको विरोधमा नेविसंघको प्रदर्शन (फोटो फिचर)

काठमाडौं– तत्कालिन नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई सरकारले रिहाई गरेपछि नेपाल विद्यार्थी संघ आन्दोलनमा उत्रिएको छ। ढुंगेलको रिहाइको विरोधमा नेविसंघले मंगलबार दिउँसो राजधानीमा प्रदर्शन गरेको छ। 

अध्यक्ष नैनसिंह महरका अनुसार शंकरदेव क्याम्पस अगाडिबाट नेता कार्यकर्ताले अर्धनग्न भएर विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनले पुतलीसडक, बागबजार परिक्रमा गरेको छ।

उनीहरुले ‘हत्यारा छोड्न पाइँदैन, ओली सरकार चाँहिदैन, कम्युनिष्ट सर्वसत्ताबाद देखियो, न्यायको घाँटी रेटियो’ लगायत नारा लगाएका थिए। 

नेविसंघका अध्यक्ष महरले ढुंगेलको रिहाइले कानूनी राज्यको उपहास भएको बताए। ‘मान्छे मार्नेलाई सरकारले छोड्दै जाने हो भने कानुनको औचित्य के ?’, महरले भने, ‘देशलाई अस्तव्यस्त बनाउने खालका क्रियाकलाप कदापी स्वीकार्य हुँदैन।’

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद मिनाह गरेपछि डिल्लीबजार करागारमा रहेका ढुंगेल गणतन्त्र दिवसका दिन मंगलबार रिहा भएका छन्।

ढुंगेल रिहाईको विरोधमा नेविसंघको प्रदर्शन फोटो फिचर