राजनीति

प्रधानमन्त्रीको सम्पत्ति विवरण: बयालिस लाख बैंक ब्यालेन्स,१८ तोला सुन र दुइटा घर

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीकाेको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । विवरण अनुसार ओलीको  २ वटा घर १८ तोला सुन, बैंकमा ४२ लाख लगायतको सम्पत्ति रहेको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपषिद्को कार्यालयले बुधबार सार्वजनिक गरेको विवरणमा ओलीको श्रीमती राधिका शाक्यको नाममा भक्तपुरको सूर्यविनायकमा तीन तल्लाको दुइटा घर, झापामा १० कट्ठा जग्गा रहेको खुलाइएको छ।

त्यस्तै शाक्यको माछापुच्छ्रे बैंकमा चार लाख, प्रभु बैंकमा छ लाख र एभरेष्ट बैंकमा केपी ओलीको नाममा ४२ लाख रहेको छ ।  

 

प्रकाशित: ९ जेष्ठ २०७५ ०७:३७ बुधबार

प्रधानमन्त्रीको सम्पत्ति विवरण बयालिस बैंक ब्यालेन्स१८ तोला सुन दुइटा घर