राजनीति

सखुवासहित पक्राउ

इलाम– चुलाचुली गाउँपालिकाबाट सखुवाको काठ र गोलियासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। 

शनिबार बिहान करिब ७ बजे चुलाचुली–५ स्थित रतुवा खोलामा ना.४ प ७८३ नम्बरको टिपरमा लोड गरिराखेको १ सय ४६.९६ क्युबिक फिट गोलिया तथा चिरान सखुवासहित मोरङको उर्लाबारी ३ का २९ वर्षे पदम ढुंगाना पक्राउ परेका हुन्। 

जिल्ला प्रहरी कार्यालयका अनुसार बरामद काठ र टिपर चालकलाई चुलाचुली इलाका वन कार्यालयमा बुझाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ जेष्ठ २०७५ ११:२९ शनिबार

सखुवासहित पक्राउ