राजनीति

भागबण्डाको एकता धेरै दिन टिक्दैन : बिजुक्छे

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता सैद्धान्तिक नभई भागबण्डाको आधारमा भएकोले धेरै दिन नटिक्ने दावी गरेका छन्।

रफत सञ्चार क्लब भक्तपुरमा शुक्रबार भएको साक्षात्कारमा बिजुक्छेले दुई पार्टीको एकतालाई हेर्दा सैद्धान्तिक भन्दा पनि भागबण्डामा केन्द्रित भएकाले दीर्घकालिन स्वरुप नदेखिएको बताए। एमाले र माओवादीको पार्टी एकता त्याग र योग्यताका आधारमा नभई भागबण्डाको आधारमा भएकाले केही बर्षभित्रै फुटको अवस्था पुग्ने उनको दावी छ। वर्तमान सरकार ठेकदार, दलाल, गुण्डा र काला ब्यापारिको आडमा चलेको बताउँदै चुनावमा खर्च भएको रकम असुल्नलाई लागेकाहरुकै कारण सरकाले जनताको हितमा काम गर्न नसकेको दावी गरे। वर्तमान सरकाले पाँच बर्ष सत्ता चलाएता पनि कुनै उपलब्धि हासिल गर्न नसक्ने उनको भनाई छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा बोलाएर अरुण तेस्रोको साँचो हस्तान्तरण गर्दै वर्तमान सरकाले आफ्नो चरित्र प्रष्टाएको उनको भनाई छ। मोदीको नेपाल भ्रमण उपलब्धिमुलक भन्दा पनि आर्थिक ब्ययभार थप्ने काम गरेको उनको भनाई छ।

प्रकाशित: ४ जेष्ठ २०७५ ११:३३ शुक्रबार

भागबण्डाको एकता धेरै टिक्दैन बिजुक्छे