राजनीति

प्रदेशसभा सदस्य लामिछानेको निधन

भक्तपुर – प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको सोमबार दिउँसो १ बजे काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा निधन भएको छ। 

विसं २०२४ फागुन ११ गते चाँगुनारायण नगरपालिका–६, नगरकोट, तेलकोटमा जन्मिएका ५१ वर्षीय लामिछानेको उपचारका क्रममा निधन भएको हो। 

आइतबार अस्पतालमा भर्ना भएका लामिछानेलाई मस्तिष्कघात भएको डाक्टरले पुष्टि गरेका छन्। 

भक्तपुर निर्वाचन क्षेत्र नं १ प्रदेश नं १ (ख) नेकपा एमालेबाट निर्वाचित भएका लामिछाने नेकपा एमाले भक्तपुर जिल्ला कमिटीका सचिवसमेत थिए। उनको श्रीमती, एक छोरा र तीन छोरी छन्। 

आज अपराह्न ४ः३० बजे उनको पशुपति आर्यघाटमा श्रद्धाञ्जलिका लागि दुई घण्टा राखेर साँझ अन्तिम संस्कार गरिने नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले जानकारी दिएको छ। 

प्रकाशित: ३१ वैशाख २०७५ ०९:११ सोमबार

प्रदेशसभा सदस्य लामिछानेको निधन