राजनीति

मुख्यमन्त्री राउतको भनाईप्रति प्रधानमन्त्री ओलीको आपत्ति

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ का मुख्य मन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
आइतवार प्रतिनिधि सभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे जानकारी दिंदै प्रधानमन्त्री ओलीले प्रदेश २ का मुख्य मन्त्रीको नामै नलिई उनको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका हुन् ।
ओलीले भने, ‘नागरिक अभिनन्दनका क्रममा अभिव्यक्त भएका कतिपय कुरा राष्ट्रिय मर्यादा, कुटनीतिक मर्यादाको कसीमा कमजोर र अनुपयुक्त छन् ।’ ओलीले नेपाल सरकारको नीति विपरित धारणा अभिव्यक्त भएको पनि बताए ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधान विभेदकारी रहेको र प्रादेशिक अधिकारका लागि आफूहरुको संघर्ष जारी रहेको बताएका थिए । हिन्दी भाषामा राउतले गरेको भाषणको अंश यस्तो छ ।
 

प्रकाशित: ३० वैशाख २०७५ ०७:३३ आइतबार

मुख्यमन्त्री राउतको भनाईप्रति प्रधानमन्त्री ओलीको आपत्ति