राजनीति

राष्ट्रपति भण्डारी र मोदीबीच भेट

काठमाडौं- नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति विद्या भण्डारीलाई भेटेका छन्। राष्ट्रपति कार्यालय शीतल निवास पुगेर प्रधानमन्त्री मोदीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन्। यस अघि उनले उपराष्ट्रपति नन्दबहादुर पुनलाई भेटेका थिए।

यस अघि उनलाई सैनिक मञ्च टुंडिखेलमा 'गार्ड अफ अनर' प्रदान गरिएको थियो। पटनाबाट जनकपुर आएका मोदीले जानकी मन्दिरमा पूजा गरेका थिए। मोदी र ओलीले जनकपुर-अयोध्या सिधा बस सेवाको शुभारम्भ गरे। त्यसपछि मोदीले बाह्रविघमा आयोजित नागरिक अभिनन्दन ग्रहण गर्दै सम्वोधन गरे। शनिबार बिहान मोदी मुक्तिनाथ जाने छन्।

 

प्रकाशित: २८ वैशाख २०७५ १३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App