काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा ‘नाकाबन्दी बिर्सेका छैनौ’ नारा बनाएर विभिन्न गतिविधि चलाउँदै आएको विवेकशील साझा पार्टीको कार्यालयमा प्रहरीले हस्तक्षेप गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरधामको कार्यक्रम सकेर काठमाडौं आउन लाग्दा प्रहरीले हस्तक्षेप गरेको छ ।
विवेकशीलका रमेश पौडेलले नागरिकन्यूजसँग भने, ‘ओली सरकार असहिष्णु भएको देखियो। शान्तिपूर्ण विरोध गर्न पनि दिएन।’
ललितपुर प्रहरीले आज विवेकशील साझा पार्टीको कार्यालयमा गएर नेपालको राष्ट्रिय झन्डा हटाउन लगाएको छ भने ‘मोदीजी, स्वागत छ । तर नाकाबन्दी बिर्सेका छैनौँ ।’ लेखिएको ब्यानर हटाइदिएको छ।
प्रहरीले हस्तक्षेप गर्नुअघि पुरा ब्यानर यस्तो थियो ।