राजनीति

नेपाल भारतबीचको सम्वन्ध थप उचाइमा : रक्षामन्त्री पोखरेल

काठमाडौं – रक्षामन्त्री ईश्वर पोखरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्वन्ध थप मजवुद भएको बताएका छन्।  १२ विद्यामा आयोजित मोदीको अभिन्नद समारोहमा बोल्दै मन्त्री पोखरेलले नेपाल र भारतबीच परापूर्व कालदेखि नै मित्रतापूर्ण सम्बन्ध रहेको बताउँदै भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले सम्वन्ध थप उचाइमा पुग्ने बताए।

उनले भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरमा स्वागत गर्न पाउँदा खुशी लागेको बताए। उनले शताब्दी पहिले जनकुरले बाडेको नेपाल भारतबीचको सुमधुर सम्बन्ध अहिलेसम्म महत्वपूण रुपमा रहेको बताए।

पोखरेलले जनकपुरले नेपाल र भारतबीचको मित्रताको उचाइ बढाउन थप भूमिका खेलेको बताए ।  

नेपालले तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरिसकेकाले अब विकास र समृद्धिको बाटोमा अगाडी बढ्ने बताए।

२०१४ मा भएको मोदीको नेपाल भ्रमणको स्मरण गर्दै पोखरेलले चार वर्षमा नेपाल र भारतबीचको सम्वन्ध थप उचाइमा पुगेको बताए।

प्रकाशित: २८ वैशाख २०७५ ०७:५७ शुक्रबार

नेपाल भारतबीचको सम्वन्ध उचाइमा रक्षामन्त्री पोखरेल