राजनीति

‘पेट्रोलियम पदार्थको मूल्य भारतभन्दा कम छ, बुझेर विरोध गरौं’

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले नेपालमा अहिले पेट्रोलियम पदार्थको मुल्य भारतभन्दा पनि कम रहेको जानकारी गराएका छन्।

बुधबार आयोजित साक्षात्कारमा मन्त्री यादवले विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय परिस्थिति बुझिदिनको लागि आग्रह गरे । उनले भने, ‘हामी कुनै पनि चीज लुकाउने पक्षमा छैनौं, म सबै कुरामा खुल्ला छु।’

मन्त्रालयले अनुगमन गरेन कि भनेर अहिले चर्चा भैरहेकोप्रति टिप्पणी गर्दै उनले भने, ‘अहिले पनि अनुगमनको काम भैरहेको छ, तर प्रचार कम छ, हिजोको जस्तो चर्चा चाहीँ छैन, तर काम भैरहेको छ।’

उनले कालोबजारीयाहरु अहिले हराएको बताए। उनले भने, ‘कालोबजारीयाहरु अहिले शान्तमात्रै होइन, सल्बलाउने र चल्बलाउने पनि गरेका छैनन्, मन्त्रीलाई कसरी किन्न सकिन्छ भनेर उनीहरु सोचिरहेका होलान्, तर त्यस्तो कदापी हुँदैन्।’

प्रकाशित: २६ वैशाख २०७५ ११:३४ बुधबार

पेट्रोलियम पदार्थको भारतभन्दा बुझेर विरोध गरौं