काठमाडौँ – राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५ बहुमतले स्वीकृत भएको छ । संसदमा पेश भएको उक्त अध्यादेश बुधबार बहुमतले स्वीकृत भएको हो । शिक्षामन्त्री गिरिराजमणि पोखरलेले उक्त विधेयकलाई स्वीकृति दिन संसदमा प्रस्ताव गरेका थिए ।
अध्यादेशमा उपत्यकामा १० वर्षसम्म मेडिकल, डेण्टल र ननिर्सङ क्याम्पस खोल्न नपाइने लगायतका व्यवस्था रहेको छ।
डा. गोविन्द केसी चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने मागगर्दै विभिन्न समयमा अनशन बस्दै आएका थिए । नेपाल मजदुर किसान पार्टीका सांसद विधेयकको विपक्षमा मत दिएका थिए ।
प्रकाशित: २६ वैशाख २०७५ ०८:४१ बुधबार