राजनीति

मोदीको भ्रमणले एकीकरणमा ढिलाई

भक्तपुर–नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण एमाले र माओवादीबीचको पार्टी एकीकरण प्रक्रियामा ढिलाई भएको बताएकी छन्।  

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता भुषालले भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्य व्यस्तताका कारण दुई पार्टीको एकीकरण प्रक्रियामा ढिलाई भएको उनले बताइन् ।  

पार्टी एकीकरणका विषयमा आपसी गृहकार्य भइरहेको र बाहिर आएजस्तो एमालेमा माओवादी र माओवादीमा एमाले बिलय नभई सम्मानजनक ढंगले दुई पार्टी एकीकरण हुने बताउँदै उनले पार्टी एकता संयोजन समितिले एकीकरणका लागि आबश्यक तयारी गरिरहेको बताइन्।  

भुषालले पार्टी एकीकरणका विषयमा केही सञ्चार माध्यममा अध्यक्ष दाहालको भागबण्डाबारे आएका समाचारहरु निराधार भएको दाबी गर्दै पार्टी एकीरणमा कुनै खालको मतभेद नभएको स्पष्ट पारिन् । अहिले नै सरकारका गतिविधिको समीक्षा गर्ने बेला नभइसकेको भन्दै प्रवक्ता भुषालले सरकारले निर्वाचनको समयमा जनतामाझ लिएर गरेका एजेन्डा अनुसार काम अघि बढाएको बताइन्।

सरकारले तोकिएकै समयमा बजेट ल्याईसक्ने दाबी गर्दै उनले उक्त बजेट जनमुखी र आर्थिक समृद्धिको खाका भएको बताइन् । कार्यक्रममा बोल्दै प्रवक्ता भुषालले विगतमा जस्तै नभई यो सरकारले कुटनीतिक पाटोलाई देश र समयानुकुल बनाउँदै गएको बताईन्।

प्रकाशित: २६ वैशाख २०७५ ०७:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App