राजनीति

कांग्रेस प्रवक्ताले युवालाई भने: प्रतिपक्षले नचाहिँदो कुरा गरे प्रतिवाद गर्नुस्

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले युवा कार्यकर्तालाई सामाजिक सञ्जालमा सक्रिय हुन आग्रह गरेका छन्। शनिवार गृह जिल्ला नुवाकोटका युवाहरूसँग अन्तर्क्रिया कार्यक्रममा सहभागी हुँदै महतले यस्तो बताएका हुन्। उनले यो भनाई विशेष गरी गृह जिल्लाका युवाहरूलाई लक्षित गरेका भनेका थिए। 

‘युवा साथीहरू सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्छ । बुढापाकाहरू धेरै जान्दा पनि जान्दैनन्,’ महतले भने, ‘अब हरेक वडामा एउटा टिम नै बनाउनु पर्‍यो । अनि मर्यादित ढङ्गले पार्टीका पक्षमा कुरा राख्नुप¥यो।’ 

प्रतिपक्षले कांग्रेसविरुद्ध नचाहिँदो कुरा गरे त्यसको प्रतिवाद गर्न पनि उनले युवासँग आग्रह गरे। उनले भने, ‘प्रतिपक्षले नचाहिँदो कुरा राख्यो कि त्यसलाई प्रतिवाद गर्ने। यो तपाईँले गलत भन्दै हुनुहुन्छ, झुटो कुरा भन्दै हुनुहुन्छ भन्ने। अरू गाली गलौच गर्नु परेन।’

प्रकाशित: २१ असार २०८२ १५:२३ शनिबार

#NepaliCongress #Prakash Sharan Mahat