राजनीति

गोकुलको प्रश्न: दिनभर तमासा देखाउनेहरू रातभरि कांग्रेस नेताको पिँढीमा कि धाएका?

नेकपा एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसदलाई लक्षित गर्दै कटाक्ष गरेका छन्। शनिवार फेसबुकमा स्टाटस राख्दै दिनभर संसदमा तमासा देखाउनेहरू रातभर कांग्रेसका नेताको पिँढीमा गइरहेको बताउँदै कटाक्ष गरेका हुन्। 

‘भिजिटर भिसामा संसदमा पलेँटी कसेर दिनदिनै तमासा देखाउनेहरू रातभरि कांग्रेस नेताका पिँढीमा देऊन मलाई बास भन्दै सुरिलो भाकामा मुरली धुन बजाउँदै किन धाएका होलान्?,’ गोकुलले लेखेका छन्, ‘यो प्रकरणमा नयाँ ट्वीस्ट भएमा नेपाली राजनीतिको आठौँ आश्चर्य नमानौँ है।’ 

गोकुलले यो प्रसङ्ग रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेलाई लक्षित गरेर लेखेको देखिन्छ। वाग्लेले केही साताअघि मात्रै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए। 

प्रकाशित: ७ असार २०८२ १९:५० शनिबार

#Gokul Prasad Baskota #NagarikNews