राजनीति

सांसद थापाले संसद् बैठकमै च्याते बजेट पुस्तिका

नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले आर्थिक वर्ष २०८२/८३ को बजेट पुस्तिका संसद् बैठकमै च्यातेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रालयगत बजेट किताब च्यातेका हुन् ।

उनले भौतिक पूर्वाधारको बजेटले जनताको माग सम्बोधन गर्न नसकेको बताए। 

प्रकाशित: ५ असार २०८२ १३:४१ बिहीबार

#NagarikNews #NepaliNews