राजनीति

सबै कम्युनिष्ट एक हुने अभियान हो: दाहाल

फाइल तस्बिर

काठमाडाैं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिनभित्रै नेकपा एमालेसँग पार्टी एकता हुने बताएका छन् । कार्ल मार्क्सको  द्विशतवार्षिकीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले दुई पार्टी मात्र नभई अन्य कम्युनिष्ट पार्टी पनि एकीकृत हुने सम्भावना रहेको बताए । दाहालले भने, 'एक दुइटा बाँकी रहलान् तर सबै कम्युनिष्ट एक हुने अभियान सुरु भएको हो । एमालेसँगको एकता चाँडै नै हुन्छ।'

यसैबीच माओवादी केन्द्रका अध्यक्ष दाहालले नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यावदसँग भेटवार्ता गरेका छन् । शुक्रवार बिहान दाहाल निवास खुमलटारमा तीन अध्यक्षबीच भेटवार्ता भएको माओवादी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । यो भेटघाटमा समसामयिक विषयमा सामान्य छलफल मात्र भएको नयाँ शक्तिका प्रवक्ता विश्वदीप पाण्डेले जानकारी दिए ।

प्रकाशित: २१ वैशाख २०७५ ०७:५२ शुक्रबार

सबै कम्युनिष्ट हुने अभियान हो दाहाल