राजनीति

किराँत राई पत्रकार संघको नयाँ नेतृत्व चयन

खोटाङ – किराँत राई पत्रकार संघ खोटाङको अध्यक्षमा गोमा राई चयन भएकी छन्। हलेसी साप्ताहिकको कार्यालयमा बुधबार भएको तेश्रो अधिवेशनबाट गोमा राई पत्रकार संघको अध्यक्ष चुनिएकी हुन्। जिल्लामा राई पत्रकार संघको नेतृत्व पहिलोपल्ट गोमाले पाएकी हुन्।

यसैगरी संघको उपाध्यक्षमा काजनश्री राई, सचिवमा गोपाल राई, सहसचिवमा सुनिता राई र कोषाध्यक्षमा रमिला राई सर्वसम्मत रूपमा चयन भएका छन्। ११ सदस्यीय संघको सदस्यमा शर्मिला राई, टिवन राई, महाशेर राई, योगिन राई र सन्देश राई चयन भएका छन्।

अधिवेशनले केन्द्रीय सभाषद्मा रामधन राई, संगीता राई, डिएम चाम्लिङ र राजेन्द्र राईलाई छानेको छ।

प्रकाशित: २० वैशाख २०७५ ०१:१६ बिहीबार

किराँत राई पत्रकार संघको नेतृत्व चयन