राजनीति

स्वास्थ्यका कारण प्रधानमन्त्री संसदमा नजाने, सांसदसँगको प्रश्नोत्तर कार्यक्रम हटाइयो

प्रतिनिधि सभाको आजको बैठकमा हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको छ। 

प्रधानमन्त्रीको स्वास्थ्यको कारण आजको बैठकमा उपस्थित हुन नसक्ने भएकाले प्रश्नोत्तरको कार्यसूची संशोधन हुने सभामुखको सचिवालयले जनाएको छ।

सचिवालयले आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरू प्रश्नोत्तरको कार्यसूची राखेको थियो।

प्रकाशित: ६ जेष्ठ २०८२ ११:१९ मंगलबार

#parliament meeting #KP Sharma Oli