राजनीति

रसुवामा विप्लवका कार्यकर्ता पक्राउ

रसुवा– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा रसुवाका जिल्ला सदस्य तथा युवा रेडफोर्सका जिल्ला संयोजक योर्साङ तामाङ मंगलबार पक्राउ परेका छन्। 

जिल्लामा रहेका जलविद्युत आयोजनामा चन्दा संकलनका लागि धम्की दिने गरेको गुनासोको आधारमा तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरक्षक धुब्र सिलवालले बताए। ३० वर्षिय तामाङ जिल्लाको आमाछोदिङमो गाउँपालिका–४ गोल्जुङमा बस्दै आएका छन्। 

विप्लव समूहले अवाच्छित गतिविधि गर्न सक्ने सम्भाव्यतालाई दृष्टिगत गरि आवश्यकता अनुसार नियन्त्रणमा लिन गृह मन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको निर्देशन अनुसार  उनलाई पक्राउ गरिएको र विप्लव समुहमा आबद्ध कार्यकर्ताको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ। 

नेकपाले मंगलबार साँझ विज्ञप्ति जारी गरी पक्राउ परेका कार्यकर्तालाई तत्काल रिहाई गर्नुपर्ने माग गरेको छ।

प्रकाशित: १८ वैशाख २०७५ १५:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App