राजनीति

सरकार तानाशाही बन्दैछ : नेता रिजाल

बुटवल- नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले कम्युनिष्ट सरकार तानाशाही बन्न खोजेको आरोप लगाएका छन्। नेता रिजालले प्रधानमन्त्री केपि शर्मा ओलीमा अहंकार भरिएको र जनतालाई सेवा दिनु भन्दा तानाशाही बन्ने अभ्यासमा लागेको आरोप लगाए। मंगलबार बुटवलमामा पत्रकारहरुसँग बोल्दै पूर्व  मन्त्री समेत रहेका रिजालले म ठिक अरु सबै बेठिक भन्ने तानाशाही प्रबृत्तिको सुरुवाती लक्षण देखाउँदै प्रधानमन्त्री ओलीले आफ्नो प्रशंसा आफै गर्दै हिडेको टिप्पणी गरे। ‘अहिले संयम भएर जनताको सेवामा लाग्ने बेला हो, अरुलाई गलत भन्दै खिसिट्युरी गर्ने बेला होइन', नेता रिजालले भने,  ‘प्रधानमन्त्री ज्यू गफ होइन काम गरेर देखाउनुस।’

प्रधानमन्त्री जस्तो व्यक्तिले अन्तिम सत्य मैले मात्रै देखेको छुभन्ने अहंकार लिएर हिडनु राम्रो संकेत नभएको नेता रिजालको भनाइ थियो। अर्को प्रशंगमा नेता रिजालले कांग्रेस भित्र अहिलेको परिवेशमा कलहबाट निकर्ष ननिस्कने भएकाले छलफल र मेलमिलापबाटै अगाडि बढ्ने बताए। ‘जनताको मत राम्रो पाएपनि सरकारमा उपस्थिती छैन।’ ‘प्रतिपक्षको रुपमा पनि पातलो उपस्थिती भएका बेला आफ्नै घर भित्र कलह नगरौं’ नेता रिजालले भने। कम्युनिष्ट सरकारलाइ लोकतान्त्रिक पद्दतीमा हिडाउन काँग्रेस बलियो हुनु पर्ने धारणा राखे। 

 

प्रकाशित: १८ वैशाख २०७५ ११:०३ मंगलबार

सरकार तानाशाही बन्दैछ नेता रिजाल