काठमाडौँ – नेपाली काँग्रेसको भ्रातृ संस्था मुस्लिम संघ नेपालको अध्यक्षमा पुनः अब्दुल सत्तार निर्वाचित भएका छन्।
संघको वैशाख १६ मा काठमाडौँमा सम्पन्न दोस्रो महाधिवेशनबाट आइतबार राति सत्तारको नेतृत्वमा ५२ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो। कूल ७५ कार्यसमिति रहने मुस्लिम संघमा बाँकी २३ जना मनोनित गरिनेछ।
संघको वरिष्ठ उपाध्यक्षमा मोहमद निजा मुद्दीन, उपाध्यक्ष रफिक मिया, फत्तेह मोहमद, अब्ताबुल अन्सारी, मोहमद जब्बादिन मिया, नुर मोहमद मिया, अकिल मिया, नजामुद्दीन अन्सारी, महिला उपाध्यक्षमा कौशर शाह, शाहीदा मिया र महासचिव मुत्तार अहमद निर्वाचित भएका छन्।
यस्तै सचिवमा मोहमद सफिक मुसलमान, प्रवेज आलम, मोहमद कमरुद्दीन, जमिल अब्तर शेख, एकरामुल शेख, सराफद अलि, जमिला मिया, रहमदतुल्ला मिया, कोषाध्यक्ष मोहमद जुनैद र सहकोषाध्यक्ष राजेन मिया निर्वाचित भएका छन्। यस्तै ३० सदस्यसमेत निर्विरोध निर्वाचित भएका छन्।
४३ जिल्लामा संगठन रहेको संघमा ४१ जिल्लाका झण्डै ५०० प्रतिनिधिको सहभागिता रहेको थियो। नवनिर्वाचित अध्यक्ष सत्तारले राजनीतिक तहमा मुस्लिमको प्रतिनिधित्व गराउन आफ्नो कार्यकालले पहल गर्ने बताए। उनले आफ्नो कार्यकालमा मुस्लिम संघलाई ७५ वटै जिल्लामा विस्तार गरेर पार्टीलाई विजय गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
प्रकाशित: १७ वैशाख २०७५ ०४:३१ सोमबार