राजनीति

काँग्रेस महासमिति बैठक भदौमा

काठमाडौं- नेपाली काँग्रेसकोे महासमितिको बैठक आगामी भदौमा हुने भएको छ। 

नेपाली काँग्रेस केन्द्रीय समितिको भन्डै एक महिना लामो बैठक सम्पन्न गर्दै जिल्ला सभापति भेला एवं गाउँ र नगरपालिका तहसम्मको पार्टीको सांगठनिक संरचना तथा भातृ र शुभेच्छुक संस्थाहरुमार्फत राय सुझाव संकलन गरी पार्टीको विधानलाई आवश्यक परिमार्जन एवं संशोधनलगायत कार्यको तयारी गरी महासमितिको बैठक आयोजना गर्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

बैठकले जिल्ला सभापति भेला आगामी जेठ अन्तिम सातामा आयोजना गर्ने निर्णय गरेको छ। बैठकले संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन सम्पन्न गर्न सफल भएकामा सभापति तथा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँको नेतृत्वको सरकारलाई धन्यवादसमेत व्यक्त गरेको छ। 

प्रकाशित: १६ वैशाख २०७५ १६:४८ आइतबार

काँग्रेस महासमिति बैठक भदौमा